सोमबार रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

सोमबार रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाएको छ ।

चितवन-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न रास्वपाले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

उक्त बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ । गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ ।

फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन ।