प्रधानमन्त्रीबारे निर्णय लिन भोलि रास्वपा संसदीय दलको बैठक बस्ने

प्रधानमन्त्रीबारे निर्णय लिन भोलि रास्वपा संसदीय दलको बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि आईतबार संसदीय दलको बैठक बोलाएको छ ।

बैठकमा संसद्को बाँकी कामकारबाही लगायत समसामयिक विषयमा छलफल हुने सचेतक निशा डाँगीले बताइन् ।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । उनले भनिन्, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।’