चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेताहरू

चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेताहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चीन गएका रास्वपाका नेताहरू भ्रमण छोटयाएर स्वदेश फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको भ्रमण छोटयाएर टोली आज फर्किएको हो ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू भ्रमण छोटयाएर फकिएका हुन् ।

आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरू १० दिनका लागि शनिवार चीन गएका थिए । भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ छन् ।

यद्यपि देशमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर आफूहरू भ्रमण छोट्याएर नेपाल फर्किएको उपसभापति स्वर्णीम वाग्लेले बताए ।