काठमाण्डु–बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई पक्राउ परेका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका कार्यकर्ताहरुलाई निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको हो ।
बालुवाटार केन्द्रित प्रदर्शनका क्रममा पक्राउ पर्नेको सङ्ख्या ३३ जना पुगेको छ ।
रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।
प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न र गरेको खण्डमा पक्राउ गर्ने चेतावनीसहित माइकिङ गरिरहेको छ। यस्तै रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
यस्तै रास्वपाले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएको छ ।




प्रतिक्रिया