बालुवाटारबाट पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा गर्न रास्वपाको माग

बालुवाटारबाट पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा गर्न रास्वपाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनका क्रममा बालुवाटारबाट पक्राउ परेका नेता–कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

मंगलबार बालुवाटारमा आन्दोलनका क्रममा केन्द्रीय सदस्य पुकार बम लगायत १५ जनाभन्दा बढी नेताहरू पक्राउ परेका छन् ।

विना शर्त तत्काल रिहा गरिनुपर्ने रास्वपा कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्तिमार्फत माग गरेका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुव्र्यवहारप्रति घोर भत्र्सना गर्दै गिरफ्तार भएका सबैलाई विना शर्त तत्काल रिहाइको माग गर्दछौं । शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौं ।’