रास्वपाद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा

रास्वपाद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

रास्वपाले राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका आधा दर्जन एजेन्डा लिएर आन्दोलन गर्ने जनाएको छ ।