काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालयमा सोमबार सचिवालय बैठक बस्ने छ ।
सचिवालय बैठकमा विभिन्न् सात विषय छलफल हुने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
समसामयिक राजनीति र पार्टी गतिविधिका पदाधिकारीको नेतृत्वमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपामा आबद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन लगायतका विषय छलफलका विषय तय भएको प्रवक्ता रावलले बताइन् ।




प्रतिक्रिया