मुकुललाई महामन्त्री भनेपछि निर्वाचन आयोगलाई रास्वपाले भन्यो- आयोगले नै जवाफ दिनुपर्छ

मुकुललाई महामन्त्री भनेपछि निर्वाचन आयोगलाई रास्वपाले भन्यो- आयोगले नै जवाफ दिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा डा. मुकुल ढकाल नै कायम रहेको पत्र सार्वजनिक भएको विषयमा निर्वाचन आयोगले नै जवाफ माग गरेको छ ।

निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा महामन्त्री डा. मुकुल ढकाल नै रहेको पत्र सार्वजनिक गरेको थियो ।

उक्त पत्र सार्वजनिक भएपछि रास्वपाले ०८१ असारमा पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा निवेदन पेश भएको जनाएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय समितिको २०८१ असार २५ गतेको निर्णयअनुसार पार्टी फेरबदल भएको र अभिलेख अध्यावधिक गर्न आयोगलाई सोही वर्षको साउन १७ गते निवेदन पेस गरेको दाबी गरेका छन्।

रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ -‘निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरणअनुसार काम गर्नु र निर्वाचन आयोगसमेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको थियो, पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अध्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ।’