काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक पनि बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको माग गर्दै बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।
रास्वपा सांसद विन्दवासिनी कंसकार र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।




प्रतिक्रिया