भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी

भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीमा जारी छ ।

संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरु मंगलबार नै भैरहवा पुगेका थिए ।

बुधबार बिहान जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेपछि रास्वपा नेताहरु भैरहवामै दलको बैठकमा बसेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेको छ।

संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने छन् । रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ ।