काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ का उम्मेदवारसँगको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम स्थगित गरेका छ ।
रास्वपाले सोमबार दिउँसो २ बजे अन्तर्क्रियाको लागि पार्टीको केन्द्रीय कार्यालयमा पत्रकारहरूलाई बोलाएको थियो । तर कार्यक्रम स्थगित भएको सूचना सार्वजनिक भएको छ ।
रास्वपाले आएतबार डा. लेखजंग थापालाई रुपन्देही– ३ को उपचुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेका थियो । तर, उनी घोषणा भएलगत्तै विवादमा तानिएका छन् ।




प्रतिक्रिया