तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाउँदा जेनजी आन्दोलन भयाे : रास्वपा (पूर्णपाठ)

तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाउँदा जेनजी आन्दोलन भयाे : रास्वपा (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य भएको बताएको छ।

शुक्रबार बाट चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्र्दै निर्वाचन अनिवार्य भएको बताएका हुन् ।

प्रतिवेदनमा ‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर(दलीय सरकार बनेको छ, निर्वाचन गराउने मूल दायित्व बोकेको सरकारले चुनावी वातावरण निर्माणमा निरन्तर सचेत र खबरदारी गर्नुपर्ने छ। लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने राजनीतिक दललाई पनि चुनावप्रति प्रतिबद्ध हुन प्रोत्साहित गर्न आवश्यक छ ।

यस्तै रास्वपाले तत्कालीन संसदका तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाउँदा जेनजी आन्दोलन भएको ठहर गरेको छ।

प्रतिवेदनमा , ‘लोकतान्त्रिक र संसदीय मूल्य-मान्यता विपरीत संसदका तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाएर लोकतन्त्रको आवरणमा ‘दलतन्त्र’ लादेपछि यस्ता दुर्घटना अवश्यम्भावी थियो । र, भयो पनि। अझ, दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा दोहन, दलीयकरण र निरंकुशता लाद्ने जुन प्रपञ्च गयो, त्यहीबाट बढेको आक्रोश जेनजीको नाममा विस्फोट भएको हो,’जुन सुकै शक्ति वा समूहले गैरदलीय व्यानरमा आन्दोलनको आह्वान र अगुवाई गरेको भए पनि त्यसमा आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनिसकेको थियो।’ भनिएको छ ।