काठमाण्डु-रास्वपाले आइतवार पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले तिहार र छठ पर्वका कारण केही दिन प्रदर्शन स्थगित गरेको थियो ।
छठ सकिए लगत्तै पुनः प्रदर्शन जारी राख्ने भन्दै रास्वपाले आइतवार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ पोखरामा बिहान १० बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । प्रदर्शन पोखराको जिरो किलोमा हुनेछ ।




प्रतिक्रिया