काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजीकाे माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
आइतबार रवि लामिछाने नेतृत्वको रास्वपा दल दर्ता खारेजीको माग गर्दै आयोगमा युवराज सफलले निवेदन दर्ता गराएका हुन् । दर्ता हुँदाकै बेला कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेकाले सो पार्टी दर्ता खारेज हुनुपर्ने उनको माग छ ।
जसअनुसार पार्टीले दर्ता हुन पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा नगरी दर्ता गरेकाले तत्काल रास्वपाको दर्ता खारेज गरी उक्त पार्टीमा हालसम्म भएका राजनीतिक गतिविधि तथा काम-कारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ ।
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. ९२०को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ। यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा उल्लेख गरिएको छ।




प्रतिक्रिया