दिनदहाडै मान्छे मार्नेलाई आममाफी, रास्वपाले राष्ट्रपतिलाई बुझायो ध्यानाकर्षण पत्र

दिनदहाडै मान्छे मार्नेलाई आममाफी, रास्वपाले राष्ट्रपतिलाई बुझायो ध्यानाकर्षण पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ ।

कर्तव्य ज्यानसम्बन्धी घटनामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके योग ढकाल (रिगल) लाई गत असोज ३ गते परेको संविधान दिवसको अवसरमा माफी दिइएको विरोधमा रास्वपाले राष्ट्रपति पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालगञ्जका चेतन मानन्धरलाई दिनदहाडै खुँडा हानेर हत्या गरेपछि जिल्ला अदालत बाँकेको आदेशमा सर्वस्वससहित जेल सजाय पाएका ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा बाँकी सजाय माफी मिनाहासहित रिहा गर्न निर्देशन दिएका थिए।

उक्त प्रकरणमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सोमबार राष्ट्रपति कार्यालय पुगेका थिए ।

व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई संविधान दिवसमा उन्मुक्ति दिने परिपार्टी अन्त्यका लागि रास्वपाले संसद्मा संकल्प प्रस्ताव पनि दर्ता गर्ने भएको छ।

मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका ‘रिगल’ भनिने योगराजलाई संविधान दिवसमा राष्ट्रपति पौडेलले माफी दिएका थिए।