काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्। गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा तस्बिर राखेका चितवनका दिवश सापकोटालाई रास्वपाले निलम्बन गरेको हो।
सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ। ‘प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ,’ रास्वपाले जारी गरेकाे सूचनामा भनिएको छ।
गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ।




प्रतिक्रिया