यी २७ वटा विकास आयोजनामा रास्वपाले दबाब यात्रा गर्ने

यी २७ वटा विकास आयोजनामा रास्वपाले दबाब यात्रा गर्ने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपाले ती आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटवाल, प्रतिभा रावल र खुस्बु सरकार श्रेष्ठ रहेका छन्। रास्वपाले आफ्नो पार्टी अभियान अन्तर्गत मिसन ८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरु गरेको छ।