रास्वपाले असार ७ मा चियापान कार्यक्रम गर्ने

रास्वपाले असार ७ मा चियापान कार्यक्रम गर्ने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबार विहान बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले असार ७ गते पार्टी स्थापाना दिवसका अवसरमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो । जसअनुसार रास्वपाले स्थापना दिवसमा विभिन्न दलका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई चियापानमा निमन्त्रण गर्ने जनाएको छ ।