काठमाण्डु – नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रतिकिलोलिटर काठमाण्डुमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको छ ।
अब पेट्रोलको मूल्य काठमाण्डु, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्ने भएको छ ।
निगमले हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाण्डुमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर मूल्य निर्धारण गरेको छ ।
प्रतिक्रिया