१२ वर्षपछि बनाइयो रातो मछिन्द्रनाथको पाङ्ग्रा

१२ वर्षपछि बनाइयो रातो मछिन्द्रनाथको पाङ्ग्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम सम्पन्न भएको छ ।

२०८३ सालको रथजात्राका लागि नयाँ पाङ्ग्रा बनाउन गएको माघ ९ गते श्रीपञ्चमीका दिन विधिवत् शुरु गरिएकोमा शुक्रबार सम्पन्न भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताए ।

पाङ्ग्रा बनाउने काम सम्पन्न भएकोले शनिबारसिद्ध पुजा हुनेछ । हरेक १२ वर्षमा नयाँ पाङ्ग्रा राख्नु पर्ने चलन भए पनि गएको भदौ २४ मा नवयुवाको आन्दोलनका क्रममा भएको आगजनीका कारण रथको दुईवटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएका थिए ।

२०८४ मा १२ वर्षे जात्रा पर्ने भएकोले ८३ मा पनि नयाँ पाङ्ग्रा बनाउनु पर्ने बाराहीले बताए । रथ पुल्चोकमा बनाउने गरिन्छ भने पाङ्ग्रा ललितपुरको बेलाछेँ टोलमा बनाउने गरिन्छ । पाङ्ग्रासँग सम्वन्धित काम नेवार समुदायका बाराही र बोसी जातिले गर्छन् ।

रथको चार पाङ्गग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरेर चार भैरवको प्रतिकको रुपमा लिने गरिन्छ । रातो मछिन्द्रनाथको रथजात्रा २०८३ साल बैशाख ५ गते रथारोहरण गरेर बैशाख ८ गते रथलाई पुल्चोकबाट तानेर शुरू हुनेछ ।