राजपुर बम काण्डः आफ्ताव आलमका भाई पुर्पक्षका लागि कारागार चलान


काठमाण्डु – बम काण्डमा पक्राउ परेका महताव आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् । महताव पूर्वमन्त्री आफ्ताव आलमका भाई हुन् ।

वि.सं.२०६४ चैत २७ गते राजपुरमा आफतावका काका शेख इद्रिशको घरमा बम बनाउने क्रममा बिष्फोट हुँदा धेरै मानिसको मृत्यु भएको र केही घाइतेलाई जिउँदै इटाभट्टामा हालेको अभियोगमा पक्राउ परेका आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएको हो ।

न्यायाधीश मणिराम न्यौपानेको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दाको पक्षमा जिल्ला न्यायधीवक्ता शुभाषकुमार भट्टराई , सहायक न्यायधिवक्ताद्धय मनोहर लम्साल र रेगबहादुर बिष्टले बहस गरेका थिए ।

विपक्षीको तर्फबाट मजरुल हाक, अफताव आलम, सुनिल पोख्रेल, लालबाबु राय लगायतकाहरुले बहस गरेका थिए ।

विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इटा भट्टामा पोलेको आरोपमा महतावका दाई अर्थात कांग्रेसका सांसद आफताबलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । उनलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement