रौतहटमा भयानक दुर्घटना, दुई जनाको मृत्यु, २१ घाइते


रौतहट – रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशाल रहेका छन् ।

काठमाडौंबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ । बाँकी अन्य घर फर्केको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement