कोरोनाको आशंकामा रौतहटमा डिस्चार्ज भएका युवक अस्पताल भर्ना

कोरोनाको आशंकामा रौतहटमा डिस्चार्ज भएका युवक अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रौतहटमा कोरोना संक्रमण भएर डिस्चार्ज भएका एक युवकलाई पुनः अस्पताल लगिएको छ । वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचाररत संक्रमित युवा वैशाख १४ गते फूलमालासहित डिस्चार्ज भएका थिए ।

अस्पतालका चिकित्सकहरुले रौतहट घर भएका ती युवकको रिपोर्ट संकास्पद भएकाले पुनः अस्पताल भर्ना गरिएको बताएका छन् । उनलाई पुनः कोरोना संक्रमण भएको आशंका गरिएको हो ।

१४ गते उनीसहित तीन जनालाई एकैपटक डिस्चार्ज गरिएको थियो । इशानाथ नगरपालिका–८ का १९ वर्षीय बच्चा अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्जार्च गरी घर पठाएको थियो ।