खेतमा पानी लगाउने निहुँमा विवाद : १५ जना घाइते

खेतमा पानी लगाउने निहुँमा विवाद : १५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहटमा भलको पानी लगाइदिएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भलको पानी लगाइदिएपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिए ।

घटनामा दुवैपक्षका व्यक्तिहरु घाइतेभएका छन् । साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताए । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।