काठमाण्डु– सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको इजलासमा रिटमाथि सुनुवाई हुन लागेको हो ।
महान्यायाधिवक्ता कार्यालयको आग्रहमा यसअघि गत १० वैशाखका लागि तोकिएको सुनुवाईको पेसी स्थगन गरिएको थियो । गत १५ चैतमा उक्त विषयलको सुनुवाई पूर्ण इजलासमा गर्न आदेश भएको थियो ।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले गत ३० पुसमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् ।
तर, केही दिनपछि महान्यायाधिवक्ता कार्यालयले पुरक संशोधन गर्दै सहकारी ठगीमा फरार जितेन्द्रबाबु ९जिबी० राईसहितका प्रतिवादीलाई समेत उन्मुक्ति दिने गरी अभियोग संशोधन गरेपछि त्यसविरुद्ध तीन फरक रिट दायर भएका थिए ।




प्रतिक्रिया