काठमाण्डु – रास्वपाका सभापति रवि लामिछानेले परिवर्तनका लागि भाइबहिनीरुले दिएको बलिदानपछि निर्वाचन तय भएकाले यसको अलग्गै भावना आएको बताएका छन् ।
दुखद् घटनाले देखाउन खोजेको सुन्दर भविष्यका लागि भएको यो निर्वाचन आफैंमा फरक रहेको उनको भनाइ छ ।
उनले परिणामका हिसाबले समेत यो निर्वाचन ऐतिहासिक हुन्छ भन्ने अपेक्षा गरेको बताए ।
‘इतिहासको एउटा यस्तो मोडमा देश आइपुगेको छ, जहाँ परिवर्तनका लागि ससाना भाइबहिनीहरुले बलिदानी दिएका छन्,’ उनले भने, ‘चुनाव आफैंमा फरक हो । इतिहासले यो अवसर दिँदैन । त्यसैले सबैले आफ्नो मतदानको अधिकार प्रयोग गरौं ।’
जेन–जी आन्दोलनको जायज मागलाई सबैभन्दा बढी सम्बोधन गर्न विभिन्न पक्षसँग लिखित सहमति गर्ने पार्टी नै रास्वपा रहेको उनले दाबी गरे । साथै सबैभन्दा बढी जेनजी उम्मेदवार भएको पार्टी समेत रास्वपा रहेको उनको भनाइ छ ।




प्रतिक्रिया