उपसभामुख चयनबारे रवि र ज्ञानेन्द्रबीच छलफल

उपसभामुख चयनबारे रवि र ज्ञानेन्द्रबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवत्तला तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार भेटघाट भएको छ।

प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचनका विषयमा उनीहरूबीच छलफल  भएको हो । साथै सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिका विषयमा पनि दुई नेताबीच छलफल भएको हो ।

रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्छ । जसका कारण रास्वपाले सत्ता पक्षभन्दा बाहिरका दलहरू छलफल थालेको हो । उपसभामुखमा श्रम संस्कृति पार्टीले पनि दाबी गरेको छ ।