रवि लामिछानेले पाए सफाई

रवि लामिछानेले पाए सफाई


काठमाडौं – आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई आईतबार सफाई दिएको हो ।

जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्ने बारेमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको हो । पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए ।

त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।