रवि गृहमन्त्री भएको बेला बलात्कारीलाई जीवनदान दिएको रास्वपा नेतृ संग्रौलाको दाबी

रवि गृहमन्त्री भएको बेला बलात्कारीलाई जीवनदान दिएको रास्वपा नेतृ संग्रौलाको दाबी


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक बलात्कारीलाई जीवनदान दिएको पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले दाबी गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी सभापति लामिछाने गृहमन्त्री भएको समयमा एक बलात्कारीले जीवनदान पाएको लेखेकी हुन् ।

‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू । अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ फेसबुकमा केन्द्रीय सदस्य संग्रौलाले लेखेकी छिन् ।

यो स्टाटस एमाले नेता महेश बस्नेतप्रति लक्षित गरेको आंकलन गरिएको छ ।

संग्रौलाको यो अभिव्यक्ति महेश बस्नेतसँग जोडिएर विवादमा रहेकी शोभा पाठकप्रति लक्षित भएको अनुमान गरिएको छ ।

सभापति लामिछानेमाथि अहिले विभिन्न सहकारीको रकम अपचलनको आरोप छ । उनी पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । अहिले बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा उनीविरुद्ध बहस चलिरहेको छ ।