तारिख बुझ्न रवि लामिछाने पोखरामा

तारिख बुझ्न रवि लामिछाने पोखरामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्न आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका छन् । कास्की अदालतमा उनको यो दोस्रो तारिख हो । उनी पत्नी निकितासँगै पोखरा जान लागेका हुन् ।

लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

अदालतमा तारिख बुझेर उनी रुपन्देही जानेछन् । रुपन्देहीमा सोमबार तारिख रहेको छ । पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए ।

यसैगरी काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उनी धरौटीमा रिहा भएका थिए । पर्साको सानो पाइला सहकारी ठगीमा भने उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ ।