प्रधानमन्त्री कार्की-रास्वपा सभापति लामिछानेबीच भेट

प्रधानमन्त्री कार्की-रास्वपा सभापति लामिछानेबीच भेट


काठमाण्डु – तीन दलका मुख्य नेताहरूलाई भेट लगतै प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार राति उनीहरूबिच भेटवार्ता भएको हो । त्यसअघि प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी थिइन् ।

ती दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाइदिन आग्रह गरेकी थिइन् ।

तीन दलका नेताहरूसँगको छलफल सकिएपछि रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेका थिए । उक्त भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भएको हो ।

लामिछानेले निर्वाचनका लागि सरकारले गरिरहेको तयारीबारे चासो राखेका थिए भने जवाफमा प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचनमा होमिनका लागि ढुक्क भएर तयारी गर्न आग्रह गरेकी थिइन् ।

यसअघि सभापति लामिछानेले सहकारी प्रकरणमा जेलबाट रिहा भए लगतै पुस ६ गते पनि प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए ।