रास्वपा सभापति लामिछाने आज लहानदेखि सिमरासम्म चुनावी कार्यक्रम गर्दै

रास्वपा सभापति लामिछाने आज लहानदेखि सिमरासम्म चुनावी कार्यक्रम गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार सिरहाको लहानदेखि बाराको सिमरासम्म चुनावी कार्यक्रम गर्दैछन् ।

बुधबार बिहान लहानबाट सुरु हुने सभापति लामिछानेको कार्यक्रम साँझ सिमरामा सम्पन्न हुनेछ ।

उनी सिरहाको लहान र मिर्चैयाको कार्यक्रम सकेर धनुषाको ढल्केवर, जनकपुर, महोत्तरीको बर्दिवास हुँदै सर्लाही प्रवेश गर्नेछन् ।

सभापति लामिछानेलाई सर्लाहीमा रास्वपाका सर्लाही–४ का उम्मेदवार डा. अमरेश कुमार सिंहले स्वागत गर्नेछन् ।

उनी सर्लाहीको लालबन्दी, बयलबास, हरिपूर्वा, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै रौतहट जानेछन् ।

रौतहटको चन्द्रपुरमा कार्यक्रम सकेर उनी बाराको निजगढको कार्यक्रममा सहभागी हुनेछन् । लामिछानेले सिमरामा कार्यक्रम समापन गर्नेछन् ।