रवि लामिछानेले चुनावमा कति खर्च गरे ?

रवि लामिछानेले चुनावमा कति खर्च गरे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम रहेको छ ।

सभापति लामिछानेले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरणमा उनको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रूपैयाँ रहेको छ ।

विवरणमा मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार गरी कुल खर्च ९ लाख ८९ हजार ९८७ रूपैयाँ रहेको उल्लेख छ ।