रविको मुद्दा फिर्तासम्बन्धी रिटमा आज फैसला आउनसक्ने

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा आज फैसला आउनसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बिहीबार पनि सुनुवाइ गर्र्दैछ ।

सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि निरन्तर भइरहेको सुनुवाइ मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो।

बुधबार उपत्यकामा घोडेजात्राको सार्वजनिक बिदा भएकाले बहस हुन सकेन। सम्भवतः बहस सकिएमा बिहीबार नै फैसला आउन सक्नेछ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।