काठमाण्डु – काठमाण्डु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् ।
उनले बुधबार जिल्ला निर्वाचन कार्यालय काठमाण्डुमा तोकेको सीमाभित्र २३ लाख ९७ हजारभन्दा बढी खर्च गरेको विवरण बुझाएका हुन् ।
उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । प्रचारप्रसारमा ५ लाख ५० हजार खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।





प्रतिक्रिया