सक्रिय हुँदै घिसिङ, रविसँग दुई घण्टा एक्लै छलफल

सक्रिय हुँदै घिसिङ, रविसँग दुई घण्टा एक्लै छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्रीबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङले राजनीतिक भेटघाट बढाएका छन् ।

उनले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसग छलफल गरेका छन् ।

लामिछानेलाई भेट्न घिसिङ उनकै निवासमै पुगेका थिए । घिसिङ र लामिछानेबीच करिब २ घण्टा ‘वान टू वान’ छलफल गरेका हुन् ।

छलफलमा घिसिङले पार्टी एकता प्रक्रियाबारे आफ्नो धारणा राखेका थिए । एकता प्रक्रिया सम्मानजनक नभएको भन्दै उनले असन्तुष्टि व्यक्त पनि गरेको स्रोतले बताएको छ ।

उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराएका उनलाई उपसभापति बनाउने सहमति भएको छ । तर, घिसिङ अझैंसम्म रास्वपाको कुनै पनि कार्यक्रममा देखा परेका छैनन् ।

दलीय राजनीतिमा लागेर नागरिक सरकारका बसेको भनेर चर्का आलोचना र विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । सभापति लामिछानेसँगको भेटमा घिसिङले एकता प्रक्रिया चाँडै टुङ्ग्याउन र उपसभापतिको जिम्मेवारी दिन आग्रह गरेको पनि स्रोतले बतायो ।

पार्टी एकताको सहमतिमा हस्ताक्षर भइसके पनि रास्वपा र उज्यालो नेपालबीच धेरै विषयमा अझै विवाद छ । केन्द्रीय समितिमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको तर्फबाट २६ सदस्यहरू गरिँदा उज्यालोको तर्फबाट समायोजन भएको छैन ।

यसैगरी उज्यालाले समानुपातिकको बन्द सूचीमा आफ्नो पट्टिबाट समावेश भएका केही व्यक्तिहरुलाई प्राथमिकताक्रममा माथि तान्नुपर्ने अडान पनि लिएको छ ।