अपरेशन मास्टर गोयल भारतीय गुप्तचर संस्था ‘रअ’को नयां प्रमुखमा नियुक्त 


काठमाडौं – भारतीय गुप्तचर  संस्था रअ को नयां  चिफमा सामन्त कुमार गोयल नियुक्त भएका छन् । अपरेशनमा दक्ष रहेका गोयललाई असार १४ बाट लागु हुने गरी रअको प्रमुख नियुक्त गरिएको हो । 

रअका वर्तमान प्रमुख अनिल धस्मानाको कार्यकाल गत वर्ष डिसेम्बर ३१ मा सकिएको थियो ।  उनको कार्यकाल सकिएर पनि थप भएपछि चिफको दावेदार रहेका विवेक जोहरी संगठन प्रमुख हुनवाट वंचित भएका थिए । जोहरी नेपाल स्टेशनको प्रमुख समेत रहिसकेका रअका अधिकारी हुन् । उनि नेपालको मधेषमा विशेषज्ञ समेत मानिन्छन् । 

गोयल १९८४ ब्याचका आईपिएस अधिकारी हुन् । उनले सुरुवाती दिनमा पंजाव प्रहरीमा काम गरेका थिए । जोहरी पनि गोयलकै ब्याचमेट हुन् । कांग्रेस आईको सरकार हुंदा समेत गोयलले तत्कालिन संस्थापनसंग नजिक रहेर काम गरेको बताईन्छ । 

पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसंग पनि उनले निकट रहेर काम गरेका थिए । गोयल २०१९ फेब्रररीमा भएको सर्जिकल स्ट्राईक र पुलुवामा आक्रमणपछि भारतले पाकिस्तानमा गरेको वालाकोट हवाई आक्रमणका योजनाकार समेत भएको बताईन्छ । 

भारतीय सरकारको क्याबिनेटको नियुक्ति समितिले २०७६ असार १४ गतेबाट लागु हुनेगरी उनलाई रअको चीफमा नियुक्त गरेको हो । उनले पाकिस्तान र भारतको बोर्डरमा काम गर्नुका साथै अन्य विभिन्न मुलुकमा रहेर रअको लागी काम गरेका थिए । 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement