रअ प्रमुखलाई भेटेपछि प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग,लिम्पियाधुरा गायब ?

रअ प्रमुखलाई भेटेपछि प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग,लिम्पियाधुरा गायब ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामनासहित जारी गरेको सन्देशमा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्। नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको विरोध भइरहेको छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएपछि आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ। भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसकेको छ ।

प्रधानमन्त्रीले दसैँको शुभकामना दिनका लागि प्रयोग भएको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ तर उक्त छापमा रहेको नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको पाइएको छैन । प्रधानमन्त्रीले नै लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर विमति समेत प्रकट गरेको छ ।

कांग्रेसले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेको छ। ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, प्रधानमन्त्री ओलीलाई  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, ।

गम्भीर विमती दर्ज होस् ! देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?