काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्। हालै प्रकाशित पुस्तकमा ‘इनसाइड नेपाल’ मा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा राजतन्त्रलाई संवैधानिक बनाउन र दोस्रो चरणमा राजनीतिक दलको आन्दोलनका बलमा हटाउन ‘रअ’ ले गोप्य भूमिका निभाएको उल्लेख गरेका हुन्।
जसरी भए पनि राजतन्त्र हटाउन भूमिगत सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउनु परेको अवकाशप्राप्त अधिकारी भूषणले आफ्नो पुस्तकमा लेखेका छन्। रअले प्रचण्डलाई फकाउन लामो समय खर्चिएको पुस्तकमा चर्चा गरिएको छ।
रअकै योजनाबमोजिम प्रचण्ड राजतन्त्रविरुद्ध नेपालका अन्य राजनीतिक दलसँग सहकार्य गर्न पुगेका पुस्तकको दाबी छ। ‘यसका लागि रअ र माओवादीबीच विभिन्न चरणमा छलफल भएका थिए। शुरुमा रअको योजनाप्रति माओवादी नेता प्रचण्ड आशंकित देखिन्थे। कतै पछि आफैं असुरक्षित भइने हो कि भन्ने त्रास प्रचण्डमा थियो’, पुस्तक उद्धृत गर्दै भारतीय मिडिया डीएनए इन्डियाले लेखेको छ, ‘प्रचण्ड नेपालबाट राजतन्त्र उन्मूलन गर्ने विषय र त्यसपछिको अवस्थाबारे भारतीय गुप्तचर संस्था रअसँग विश्वस्त हुन चाहन्थे।’
प्रचण्ड रअसँग संशकित देखिएको पनि पुस्तकमा उल्लेख छ। ‘माओवादी नेता प्रचण्डले रअ ब्यूरोप्रमुख जीवनाथनसँग ‘हामी राजाको शासनमा रहन्छौँ वा लोकतन्त्रमा जान चाहन्छौँ ? यसबारे किन तपाईंहरूको यति धेरै चासो ?’ भनेर प्रश्न गरेको समाचारमा जनाइएको छ।
पुस्तकमा जनाइएअनुसार सन् १९९० मा भारतीय गुप्तचर संस्था रअले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउने खेल शुरु गर्यो। रअले नेपालमा आफूअनुकूल वातावरण तयार गर्न संवैधानिक राजतन्त्रमा सहज हुने पूर्वप्रमुख भूषणले ‘इनसाइड नेपाल’मा विस्तृत चर्चा गरेका छन्। यो खरब आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया