अब के गर्ने भन्नेबारे भोलीदेखी सोच्छु : भीम रावल

अब के गर्ने भन्नेबारे भोलीदेखी सोच्छु : भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराहा– एमालेको १० औ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले आफु अब कसरी अगाडी बढने भन्ने निर्णय लिन बांकी रहेको बताएका छन् ।

अध्यक्ष पदमा केपी शर्मा ओलीसंग पराजित भएका रावल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका थिए । तर, रावलले आफुले उम्मेदवारी नै नदिएको पदमा विजयी भएपछी त्यसमा आफु नबस्ने स्पष्ट पारिसकेका छन् । अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सपथ गराउंदा समेत रावल कुर्सीबाट उठेनन् ।

एमालेको केन्द्रीय समितिको पहिलो बैठक सुरु भएपनि रावल भने त्यसमा समेत सहभागी बनेनन् । उनले असहज वातावरणमा समेत आफुले प्राप्त गरेको मतलाई महत्वपूर्ण ठानेको बताए ।

संचारकमीहरुलाई छोटो प्रतिक्रिया दिंदै रावलले महाधिवेशनका विविध पक्षको विवेचना काठमाण्डु गएर गर्ने जानकारी दिए । उनले पार्टी कमिटीमा नबसी कसरी काम गर्नुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा भोलीदेखि त्यसबारेमा सोच्ने बताए ।

पुर्व गृहमन्त्री समेत रहेका नेता रावलले विधान महाधिवेशनबाट पारित गरिएको विधान र जनताको बहुदलीय जनवाद (जबज)अन्तर्गत अगाडि सार्न खोजिएको विषयलाई महाधिवेशनमा सम्बोधन गर्न नसिकएको धारणा समेत राखे  । रावलले अध्यक्षमा विजयी भएका ओलीलाई औपचारिक रुपमा अहिलेसम्म बधाई दिएका छैनन ।