रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, ९९ जना केन्द्रीय सदस्यको चुनाव आज हुँदै

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, ९९ जना केन्द्रीय सदस्यको चुनाव आज हुँदै

बिहान ९ बजेबाट मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनको चौथो दिन नयाँ नेतृत्वका लागि बुधबार मतदान हुँदैछ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, बुधबार बिहान ९ बजेबाट मतदान हुने छ । बन्द सत्र सकिएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ ।

पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले गरेका थिए ।

लामिछाने २०७९ सालको असार ७ गते घोषणा गरेको रास्वपाका संस्थापक सभापति हुन् । सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनोटमा देखिएको विवादका कारण ढिला भएर मंगलबार दिउँसो सुरु भएको थियो ।

यसैबीच चुनावबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि २१ हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारले १ प्रस्तावक र २१ समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ । आयोगले

बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन र रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेस गरेका थिए ।