रास्वपाका मन्त्रीहरूले आजै राजीनामा बुझाउने

रास्वपाका मन्त्रीहरूले आजै राजीनामा बुझाउने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

आइतबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछाने जानकारी दिए ।

सरकारमा रास्वपाकातर्फबाट २ मन्त्री र एक राज्यमन्त्री रहेका छन्। यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका थिए। उनको नागरिकता अमान्य घोषणा भएपछि उनले राजीनामा दिएका थिए।

सरकारमा शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम तथा रोजगार मन्त्री डिपी अर्याल र स्वाथ्यराज्यमन्त्री तोषिमा कार्की रहेका छन्। रास्वपाले आजै सरकार छोड्ने निर्णय गरेको छ। तर, सरकारलाई दिएको सर्मथन भने कायम राख्ने निर्णय गरेको छ।