काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सारेकाे छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको हाे ।
रास्वपा महामन्त्री मुकुल ढकालले पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको बताए ।
उनले भने, ‘केन्द्रीय समितिको बैठक २ बजेलाई सारिएको छ । त्यसपछी काठमाडौँमा नै पत्रकार सम्मेलन हुनेछ । साथीहरू ४ तिर छरिएकाले, मिलाउँदा बैठक सार्न परेको हो । अन्य कुनै कारण छैन ।’
पार्टीको अनुशासन समितिले मंगलबार सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको थियो। समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।बयानका क्रममा पनि सांसद श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दावी गरेका थिए।
पार्टीनिकट स्रोतका अनुसार सांसद श्रेष्ठलाई त्यही सिफारिसका आधारमा आज बस्ने केन्द्रीय समितिको बैठकले साधारण सदस्यबाट निष्कासन गर्नेछ। पार्टीबाट निष्कासन भएपछि उनको सांसद पद स्वत: नै जानेछ। सांसद ढाकाको सचिवालयले विज्ञप्ति जारी गर्दै अडियो वास्तविक नभइ नियोजित रूपमा षड्यन्त्र भएको जनाएको थियो।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको थियो। सोमबार पनि दुर्गासँग आफ्नो सांसद पद बचाइदिन अनुरोध गरेको ढाकाको अर्को अडियो सार्वजनिक भएको थियो। यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अडियो प्रकरणमा अनुसन्धान सुरु गरेको छ।




प्रतिक्रिया