काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले एक अर्ब रुपैंया (दश करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ बिक्री खुला गर्ने भएको छ ।
बैंकले यही असार २३ गते बुधबार देखि बिक्री खुल्ला गर्न लागेको हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने बैंकले जनाएको छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ (तेह्र) प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रति ईकाई मुल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।
इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वासेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो शेयर प्रयोग गर्ने लगानीकर्ताहरुले mभचयकजबचभ।अमकअ।अयm।लउ मा गई आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।




प्रतिक्रिया