राष्ट्रिय वाणिज्य बैंकको ‘पोइन्ट अफ सेल’ कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको ‘पोइन्ट अफ सेल’ कारोबारमा क्यास ब्याक अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु – राष्ट्रिय वाणिज्य बैक लिमिटेडले ‘पोइन्ट अफ सेल’को कारोबारमा क्यास ब्याक अफर ल्याएको छ ।

आउँदो दशै, तिहार, छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंकले ‘पोइन्ट अफ सेल’को माध्यमवाट प्रति कारोबार १,००० वा सो भन्दा बढीको कार्ड स्वीप गर्दा क्यास ब्याक हुने योजना ल्याएको हो ।

यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने बैंकले जनाएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै कार्ड स्वीप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वीपमा ५ यू अधिकतम क्यास ब्याक वा .५००, ६ देखी १० पटकको कार्ड स्वीपमा १० यू अधिकतम क्यास ब्याक वा ७५०, ११ देखी १५ पटकको कार्ड स्वीपमा १५ यू अधिकतम क्यास ब्याक वा १,००० मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।