पश्चिम बंगाल र उडिसामा यास चक्रवातकाे प्रभाव : कैयौँ मानिसहरू घरबारविहीन (तस्बिरसहित)

पश्चिम बंगाल र उडिसामा यास चक्रवातकाे प्रभाव : कैयौँ मानिसहरू घरबारविहीन (तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा बुधबार बंगालको खाडीबाट आएको शक्तिशाली यास चक्रवातले कैयौँ मानिसहरू घरबारविहीन भएका छन् । यास चक्रवातले भारतको पश्चिम बंगाल र उडिसा राज्य तथा दक्षिणी बंगालदेशमा निकै प्रभाव पारेको छ।

वर्षा र हावाले कैयौं घर भत्किएका छन्। बिजुलीका पोल ढलेका छन्। सडकमा रूख ढलेका छन्। बालीनाली नष्ट भएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ।

दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो। अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको मृत्यु भएकाे थियो। भारत कोभिड-१९ को घातक महामारीको चपेटामा परेकै बेला यी प्राकृतिक विपद् आइपरेका छन्।

चक्रवात आउनु अगावै तटीय क्षेत्रबाट दश लाखभन्दा धेरै मानिसलाई उद्धार गरेर अन्यत्र लगिएको थियो। भारतीय मौसम विभागका पछिल्ला ट्वीटहरूमा चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको जनाएको छ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले त्यहाँ ३ लाख घरमा क्षति पुगेको र दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको बताएकी छन्। भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने जनाएको छ।