काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले फेरि रेल्वेसम्बन्धी अध्यादेश जारी हुने बताएकी छिन् । १ वर्ष बढी समयदेखि थन्किएको रेल सञ्चालन गर्न अध्यादेश ल्याउन लागेको मन्त्री यादवले बताइन् ।
‘रेल सञ्चालन छिटोभन्दा छिटो गर्नुपर्छ त्यसको लागि रेल्वे अध्यादेश ल्याउने तयारी भएको छ’, उनले भनिन्, ‘कानुन मन्त्रालयले ३–४ दिनमा अध्यादेश तयार पार्नेछ ।’
मन्त्री यादवले कानुन मन्त्रालयले अध्ययादेश तयार पारेसंगै मन्त्रिपरिषदमा लगेर अध्यादेश पास गराउने बताइन् । पूर्ववर्ती केपी शर्मा ओलीको सरकारले गत वैशाखमा रेल्वे सञ्चालनको लागि अध्यादेश जारी गरेको थियो ।




प्रतिक्रिया