यास चक्रवातकाे प्रभाव : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

यास चक्रवातकाे प्रभाव : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पैर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । यास चक्रवातकाे प्रभावले नेपालमा मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।