काठमाण्डु – महानगरीय अपराध महाशाखाको टोलीले पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काठमाण्डुका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी छन् ।

काठमाण्डुका चारवटा स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङले जानकारी दिए ।
२०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ । देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने अपराध महाशाखाले जनाएको छ ।




प्रतिक्रिया