नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सकियो,आजै आदेश आउने

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सकियो,आजै आदेश आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।

बिहीबारसम्म १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँचजना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो । थुनछेक बहस सकिएकाले शुक्रबार नै थुनछेक आदेशको आउने अपेक्षा गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना र फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते मुद्दा दायर गरिएको थियो ।